Incident Reports

कुटपिट गरेको भन्दै सप्तरीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी

2020-06-18

Madhes, Saptari, Mahadeva, Ward 1

कार्यालय समयमा कुटपिटमा संलग्न भएको आरोपमा सप्तरीको महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी परेको छ।

अधिकृत ४२ वर्षीय रामलखन यादवविरुद्ध उनका छिमेकी महादेवा–१ पकरीका रामशरण यादवले जिल्ला प्रहरी कार्यालयमा बिहीबार उजुरी दिएका हुन्।

प्रमुख प्रशासकीय अधिकृत यादवसहित उनका दाजुभाइले बाँसको भाटासहित घरेलु हतियारले आइतबार आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको भन्दै रामशरणले उजुरी दिएको बताए।

आक्रमणमा परी रामशरणका भाइ ३४ वर्षीय कालीचरणको टाउको फुटेर गम्भीर घाइते भएका छन्।

घाइते कालीचरणलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले उपचार गर्न नसकी रेफर गरेपछि नोबेल अस्पताल विराटनगरमा भर्ना गरिएको छ। विराटनगरमा उहाँको चिन्ताजनक अवस्थामा उपचार भइरहेको श्रीमती रामसुन्दर देवीले बताए।

कालीचरणलाई जोगाउन जाँदा घाइते हुनुभएकी कालीचरणकी भाउजू अडहुलियादेवी यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भएको छ।

प्रमुख प्रशासकीय अधिकृत रामलखन र रामशरणको सँगै जोडिएको जग्गाको साँधमा रहेको ऐलानी जग्गाको भोगका विषयमा दुवै पक्षबीच लामो समयदेखि विवाद रहेको स्थानीय बलराम यादवले बताए।

विवादित जग्गामा कसैले घर नबनाउने गाउँलेको निर्णय भए पनि आरोपितले मौका छोपी जबर्जस्ती घर बनाउन लागेको र ऐलानी जग्गा खाली राख्नुपर्छभन्दा बाँसको भाटासहित घरेलु हतियारले आक्रमण गरेको उनले बताए।

सो घटनाका बेला आफू नरहेको प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले बताएका छन्।

घटनाका प्रत्यक्षदर्शी हरिनारायण यादवले घटनाका बेलाको तस्विर देखाउँदै अधिकृत यादव घटनामा प्रत्यक्ष संलग्न रहेको दाबी गरे।

जिल्ला प्रहरी कार्यालय, सप्तरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ। हालसम्म कोही पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

(रासस)

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
Female Injured 1
National/Online Media

0 Comments

Related Reports