Incident Reports

बैतडीमा नगरपालिकाकी उपमेयरले वकिललाई जुत्ता प्रहार गरेको आरोप !

2020-06-18

Sudurpashchim, Baitadi, Patan, Ward 3

बैतडी: बैतडीको पाटन नगरपालिकाका उपप्रमुखले वकिलमाथी जुत्ता प्रहार गरेको आरोप लागेको छ। न्यायिक समिति संयोजक समेत रहेकी उपप्रमुख सरस्वती कोलीले पाटन नगरपालिका –३ का कानुन व्यवसायी नारायणदत्त पन्तमाथि सार्बजनिक स्थलमै जुत्ता प्रहार गरेको आरोप लागेको हो। 

पाटन उच्च अदालत ललितपुर, नेपाल बार एसोसियसनका सदस्य रहेका वकिल पन्तमाथि इलाका प्रहरी कार्यालय नजिकै जुत्ता प्रहार भएको पिडितले बताए। पाटन –३ को एक खानेपानी तथा अन्य विवादित विषयमा मध्यस्तकर्ताको भूमिका निर्वाह गर्दैगर्दा आफुमाथि जुत्ता प्रहार भएको पन्तले बताए। उक्त बिषयलाई लिएर आफु अदालत जाने समेत उनले बताए। 

 उता उपप्रमुख कोलीले आफुले जुत्ता प्रहार गरेको आरोप निराधार भएको प्रतिक्रिया दिएकी छिन्। खानेपानी विवाद मिलाएर आफु कार्यालय बाहिर आइरहेको अवस्थामा समान्य कुरामा वकिल भनिने मान्छेले जातभात तथा औकातको कुरा गरेकोले आफुले जुत्ता निकालेको तर नहानेको उनले बताइन।  

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports