Incident Reports

'यूएसए गाे ब्याक', 'नाे एमसीसी' लेखिएकाे पम्प्लेट बाेकेर माइतीघरमा प्रदर्शन

2020-06-23

Bagmati, Kathmandu, Kathmandu

काठमाण्डौ – अमेरिकी सहयाेग नियाेगकाे मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता खारेज गर्न माग गर्दै मङ्गलबार पनि विरोध प्रदर्शन भएको छ । 

११ वटा साना कम्युनिस्ट दलले एमसीसी खारेजीको माग गर्दै काठमाण्डौको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरुले एमसीसी देशकाे लागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै प्रदर्शन गरेका हुन् । एमसीसी सम्झौता किन राष्ट्रघाती भन्दै विभिन्न कारणहरु लेखिएका ब्यानरहरु लिएर प्रदर्शनकारीहरु सडकमा उभिएका थिए । 

अमेरिकी सैन्य केन्द्रीय मुकाम पेन्टागनको योजना अनुसार हिन्दू प्रान्तीय रणनीतिको अभिन्न अङ्ग भएकाेले, नेपालको पानी प्रयोग गरी उत्पादन गरिएको बिजुली अन्य देशमा बेच्ने भएकाेले, नेपाल सरकारले एमसीसीलाई चित्त बुझ्ने योजना तयार पारी पठाउनुपर्ने  र त्यस्तो योजना भारतको सरकारले समर्थन गर्नुपर्ने भएकाेले, चीनलाई फौजी रुपमा घेरा हाल्न नेपालमा सैन्य अखडा खडा गर्ने भएकाेले, अमेरिकी सरकारले चाहेमा जुनसुकै बेला पनि यो सम्झौता रद्द गर्न सक्नेलगायतका कारणहरु लेखिएका ब्यानरहरु लिएर प्रदर्शनकारी सडकमा उभिएका थिए । 

त्यस्तै ‘यूएसए गो ब्याक’, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘रिजेक्ट एमसीसी’, ‘नो एमसीसी’ लेखिएका पम्प्लेट लिएर प्रदर्शनकारीहरु सडकमा बसेका थिए । प्रदर्शनमा बालबालिकालाई समेत प्रयोग गरेको देखिएको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments