Incident Reports

धनगढीमा मृत भेटिएका युवकको हत्या आशंकामा प्रहरीमा जाहेरी

2020-06-21

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी : धनगढीमा मृत भेटिएका युवकको हत्या आशंकामा प्रहरीमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दर्ता गरिएको छ।

असार ७ गते गेटा सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत भेटिएका डोटीको पूर्वीचौकी गाउँपालिकाका १८ वर्षीय ठक्करबहादुर खड्काको हत्या आशंकामा जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले मृतकका दाजु विष्णु खड्काले कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धानका लागि जाहेरी दिएको बताए। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा डेरा गरी बस्दै आएका खड्का असार ४ गते वेपत्ता भएका थिए। 

उनको खोजी गर्दै जादा जेठ ७ गते गेटा सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। वेपत्ता भएको बेलुका सँगै बस्दै आएका डोटीकै धर्म चिराललाई टेलिफोन गरी आफूलाई अपरिचित व्यक्तिले अपहरण गरेर गेटा जंगलतर्फ लगिरहेको भन्दै बचाउन आग्रह गरेका थिए। 

त्यसपछि उनको मोवायल अफ भएको थियो। चिरालका अनुसार ईमोबाट चिठ्ठा परेको भन्दै खड्कालाई फोन आईरहन्थ्यो। 

२५ लाखको चिठ्ठा परेको भन्दै ईमोबाट फोन गर्ने व्यक्तिले सुरुमा ५५ हजार खातामा जम्मा गर्न भनेपछि उनले बुवासँग मागरे बुझाएका थिए। त्यसपछि एक लाख ३५ हजार माग्न थालेका थिए।

सोही क्रममा उनी वेपत्ता भएका थिए। प्रहरीले भने घटनाको अनुसन्धान भईरहेकाले अहिले नै केही नखुलेको जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports