Incident Reports

नागरिकता विधेयक विरुद्ध ढल्केवरमा प्रदर्शन (फोटोफिचर)

2020-06-23

Madhes, Dhanusha, Mithila

असार १० गते । नागरिकता ऐन संशोधन विधेयकको विरोधमा धनुषाको ढल्केवरमा प्रदर्शन गरिएको छ ।

जनमत पार्टीले विधेयकप्रति असहमति जनाउँदै मंगलबार ढल्केवरमा प्रदर्शन गरेको हो ।

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै बैबाहिक अंगकृत नागरिकता दिने गरि सरकारले नागरिकता ऐन संशोधन विधेयक ल्याएपछि उनीहरुले ढल्केवरमा विरोध ¥याली निकालेर सरकार विरुद्ध चर्को नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।

ढल्केवरस्थित शहिद स्मार्क पार्कबाट निकालिएको ¥यालीमा सहभागीहरुले नागरिकता ऐन संशोधन विधेयक खारेज गर, मधेसी माथिको विभेद बन्द गर, देश बेचुवा सरकार मुर्दावाद लगायतका नाराहरु उल्लेखित प्लेकार्ड बोकेर सरकारविरुद्ध चर्को नाराबाजी गर्दै चोकको परिक्रममा गरेका थिए ।

विधेयकविरुद्ध प्रदर्शन उत्रिएका उनीहरुले नगरिकता ऐन संशोधन विधेयकको प्रतिलिपी पनि जलाएका छन् ।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद सिंहले सरकारले ल्याएको नगरिकता ऐन संशोधन विधेयक मधेस विरोधी रहेको बताए । नेपाल भारतबीचको सदियौंदेखिको सामाजिक र सांस्कृति सम्बन्धलाई तोड्न सरकारले यो विधेयक ल्याएको उनले जिकिर गरे ।

उनले समयमै सरकार सचेत नभए मधेसमा आगो बल्ने चेतावनी दिए । ‘सरकार पटक पटक मधेस र मेधसीमाथि विभेद गर्दै आइरहेको छ,’ अध्यक्ष सिंहले भने सरकारले यो विधेयक तत्कालै फिर्ता नलिए स्थिती भयावह हुन्छ। आवश्यक परे मधेस र मधेसीको हकहितका लागि आफ्नो पार्टी जुनसुकै पार्टीसंग कार्यगत एकता गर्न तयार रहेको उनले स्पष्ट पारे ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला ईन्चार्ज अनिता साहले यो विधेयक मधेसको हितमा नरहेको बताइन् । मधेस विरोधी विधेयक आफूहरुलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताइन् । यो विधेयकले महिलाप्रतिको लैङ्गिक भिन्नता र समानताको सवाललाई खिल्ली उडाउने काम भएको उनले जिकिर गरिन् ।

जनमत पार्टीका धनुषा क्षेत्र नम्वर ४ का उपाध्यक्ष ओम विक्रम कुशवाहाले सरकारले ल्याएको मधेस विरोधी विधेयक विरुद्ध आनदोलनको विकल्प नरहेको बताए । सिन्दुर पोते लगाई सात बर्षसम्म अ–नागरिक सरह बनाएर राख्नु कतिको न्योचित हो ? उनले प्रश्न गरे ।

जनमत पार्टी मिथिला नगरपालिका नगर कमिटिका अध्यक्ष अभिमन्यु कुमार महतोको अगुवाईमा भएको विरोध कार्यक्रममा राजेश कुमार साह, मुकेश कुमार ठाकुरलगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments