Incident Reports

बोक्सीको आरोपमा कुटपिट गर्नेहरू धरौटीमा रिहा l

2014-03-20

Madhes, Siraha, Golbazar, Ward 4

Durga Pariyar बोक्सीको आरोपमा कुटपिट गर्ने असनपुर गाविस-२ का ४२ वर्षीय महेन्द्र यादव र ५० वर्षीय बद्री यादवलाई जिल्ला अदालत सिरहाले जनही सात हजार धरौटीमा रिहा गर्ने आदेश गरेको छ जिल्ला अदालत सिरहाका श्रेस्तेदार खिमबहादुर थापाको एकल इजलाशलले चैत ५ गते सो फैसला गरेको सहायक सरकारी वकिल मोहमद मुन्नाले बताए । असनपुर गाविस-२ की ४५ वर्षीया सबुरदेवी यादवले आफूहरूलाई बोक्सीको आरोपमा महेन्द्र र बद्री यादवले फागुन १९ गते कुटपिट गरेको आरोपमा फागुन २१ गते इलाका प्रहरी कार्यालय मिर्चैया किटानी जाहेरी दिएकी थिइन् । पीडितका अनुसार केही दिन अगाडि गाउकै मेलामा बद्री यादवको पत्नी बिल्टी यादवले सबुरीलाई बोक्सी भएको आरोप लगाएको आधारमा फागुन १९ गते राती १० बजे बद्री यादव, महेन्द्र यादव र जमुना यादवले कुटपिट गरेका थिए । उनको भतिजा १६ वर्षीय अशेक यादवले प्रतिकार गर्दा आरोपितहरूले उनलाई पनि कुटपीट गरेका थिए । कुटाईबाट घाइते भएकी सबुरी र अशोक यादवको गोलबजार स्थित श्रीराम अस्पतालमा उपचार भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर नरेशराज सुवेदीले कुटपिटमा संलग्न भएको आरोपमा बद्री यादव र महेन्द्र यादवलाई फागुन १९ गते लाई गिरफ्तार गरेको बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis