Incident Reports

जनप्रतिनिधिले हातपात गरेको आरोपमा पीडित पक्षद्वारा न्यायिक समितिमा उजुरी

2020-06-19

Province 1, Udayapur, Chaudandigadhi, Ward 10

चौदण्डीगढी नगरपालिका –१० की ४७ वर्षीया गोमा कटुवालले सोही वडाका वडाध्यक्ष रामकुमार खड्का विरूद्ध असार ९ गते न्यायिक समितिमा उजुरी दिनु भएको छ ।

वडाध्यक्षले असार ५ गते गाईघाट–फत्तेपुर सडकखण्ड अन्तर्गत हडिया बजारमा सडकको क्षेत्राधिकारको विषयमा भइरहेको छलफलमा आफ्ना कुरा राख्दा बोल्न नदिएको र चिया पिउँदै गरेको ग्लासले हिर्काएर दुर्व्यवहार गरेको आरोपमा न्यायिक समितिमा उजुरी दिएको पीडितले इन्सेक प्रतिनिधिलाई सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

सार्वजनिक सरोकारका विषयमा चासो राख्दा जनप्रतिनिधिलेले आफूसहित अन्य महिलासमेतलाई जोडेर अपशव्द बोल्नुका साथै अभद्र व्यवहार गरेको पीडितले इन्सेक प्रतिनिधिलाई पठाएको उजुरीमा उल्लेख छ ।

उजुरीमा वडाध्यक्ष भनेको सिङ्गो वडाको अभिभावक हुने र अभिभावकले सबैलाई मिलाएर जानु पर्नेमा उल्टै कार्यालयमा जादाँसमेत धम्की दिँदै बाहिर निकालेकोले कारबाहीको माग गरिएको छ ।

वडाध्यक्ष रामकुमार खड्काले पीडित पक्षले भने जस्तो केही नभएको तर सामान्य छलफल भने भएको इन्सेक प्रतिनिधिको फोन सम्पर्कमा बताउनु भएको छ ।



भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports