Incident Reports

‘मापसे’ गरेर सामान्य विवादमा साथीको हत्या

2020-06-25

Bagmati, Kathmandu, Kathmandu, Ward 15

१२ असार, काठमाडौं । काठमाडौं–१५, बिजेश्वरीमा एक जना पुरुषको हत्या भएको छ ।

ओखलढुंगा घर भएका अन्दाजी ३५/४० वर्षका श्याम परियारको हत्या भएको हो । घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले अनलाइनखबरलाई बताए ।

पक्राउ पर्नेमा ओखलढुंगाका शम्भु विक, काठमाडौं, पक्नाजोलका कृष्णमान शाक्य र काभ्रेका राम लामा तामाङ छन् ।

महानगरीय प्रहरी वृत्त, स्वयम्भुका डीएसपी निरञ्जन भट्टका अनुसार मादक पदार्थ सेवन गरेको नसामा विवाद हुँदा तीन जनाले परियारमाथि हातपात गरेको पाइएको छ । प्रहरीले शुक्रबार बिहान तीनै जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाइएको छ ।

‘सिमेन्टबाट बनेको ढलान ढुंगाले टाउकोमा प्रहार गरेर घाइते बनाएर घटनास्थलमै गएर छाडेर गएको पाइएको छ’, भट्टले अनलाइनखबरसँग भने, ‘ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर अब विस्तृत अनुसन्धान थाल्छौं ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports