Incident Reports

मध्यरातमा छिमेकीको छुरा प्रहारबाट एक घाइते

2020-06-26

Province 1, Morang, Biratnagar, Ward 5

मध्यरातमा छिमेकीलाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले विराटनगरका तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार राति करिब १० बजेतिर भएको छुरा प्रहारको घटनामा संलग्न विराटनगर–५ कोचाखालका एउटै परिवारका तीन जना दाजुभाइलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तीन जना दाजुभाइ मिलेर राति छिमेकी ३३ वर्षीय सन्तोष कामतलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।   

छुरा प्रहारबाट गम्भीर घाइते भएका कामतको पेट र देब्रे हातमा गहिरो चोट लागेको र विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको हुँदा खतरामुक्त रहेको प्रहरीले जनाएको छ । कामतलाई छिमेकीहरू १९ वर्षीय सुरज, २८ वर्षीय गोविन र ३८ वर्षीय लालबाबु राय मिलेर छुरा प्रहार गरेको डिएसपी वेदप्रसाद गौतमले बताए । तीनै जना एकै परिवारका दाजुभाइ हुन् । छुरा प्रहारपछि फरार रहेका तीनै जनालाई शनिबार बिहान विराटनगरको छुट्टछुट्टै स्थानबाट पक्राउ गरेको गौतमले बताए ।   

लगातारको वर्षाले विराटनगरको कोचाखाल क्षेत्र डुबानमा पर्ने अवस्था आएको थियो । बस्ती डुबानमा पर्न लागेको खबरसँगै महानगरपालिका कार्यालयले जाम भएको नाला खुलाउन डोजर पठाएको थियो । डोजरले जाम भएको नाला खुलाउने क्रममा राय परिवारको घर अगाडि खन्न थालेपछि विवाद सुरु भएको पाइएको प्रहरीले जनाएको छ ।   

डोजर बोलाएर आफ्नो घर अगाडि खन्न लगाएको भन्दै पक्राउ परेका दाजुभाइ मिलेर कामतलाई छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports