Incident Reports

धनगढीमा एमसीसीको विरोधमा बयलगाडा र्‍याली

2020-06-28

Sudurpashchim, Kailali, Dhangadhi

१३ असार, कैलाली । धनगढीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरूद्ध आइतबार विरोध र्‍याली निकालिएको छ । स्वाधीनताको रक्षाका लागि भन्दै बोलन्या थली संस्थाले बयलगाडा र्‍याली निकालेको हो ।

‘एमसीसी जाल हो, देश बेच्ने चाल हो’, ‘एमसीसी खारेज गरौं, स्वाधीनताको रक्षा गरौं’ लगायतका ब्यानरसहित युवाहरुले र्‍याली निकालेका थिए । एक दर्जन बयलगाडासहित युवाहरु नारा लगाउँदै धनगढीको क्याम्पस चोकदेखि मुख्यमन्त्री कार्यालय पुगेका थिए । उनीहरुले बयलगाडा चढेर अमेरिका पुगिदैन भन्ने नाराबाजी समेत गरेका थिए ।

स्वाधीनता र राष्ट्रियताको लागि आन्दोलन गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए । ‘एमसीसीको नाममा मुलुकलाई बेच्ने काम हुँदैछ । हामी सचेत नागरिकहरु यो हुन दिन्नौँ,’ उनले भने ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments