Incident Reports

बालविवाह गर्न बाध्य बालिका घर जान नमान्दा पतिद्वारा कुटपिट l

2014-03-24

Madhes, Rautahat, Rajpur

Bipeen Gautam राजपुर फरहदवा गाविस-७ की १४ वर्षीया रुकसाना खातुनलाई पति २० वर्षीय समरे आलम देवानले घर जान नमानेको भन्दै कुटपिट गरेका छन् । पीडित बालिकाको चार वर्षअघि आफ्नो इच्छा विपरीत जातीय परम्परा भन्दै अभिभावकले जबर्जस्ती समरे आलमसँग विवाह गरिदिएकोमा दोङ्गा नभएका कारण आफ्नो माइतीघरमा नै बस्दै आएकी पीडित चैत ७ गते राजपुर फरहदवा गाविस-७ स्थित खेतमा घाँस काट्न गएको अवस्थामा पति समरे आलमले जबर्जस्ती घरमा लैजान खोज्दा आफूले नमान्दा खेतमानै कुटपिट गरेको पीडितले बताइन् । पीडित खातुनले आफ्नो इच्छा विपरीत बालविवाह गरीदिएकाले उक्त घरमा नजाने र आफूलाई कुटपिट गर्ने पति विरुद्ध घरेलु हिंसा ऐन अर्न्तगत कारबाही गरी पाउन चैत ८ गते प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दर्ता गराएकी छन् । सेवा केन्द्रका प्रहरी जवान सुशीलकुमार यादवले पीडितको निवेदन दर्ता गरी छलफलको लागि आरोपितलाई झिकाइएको बताए ।

0 Comments

Related Reports
Related Trend Analysis