2020-06-29
बुटवल, १४ असार । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)खारेजको माग गर्दै बुटवलमा विरोध प्रर्दशन भएको छ ।
‘नेपालको विकास एमसीसीले हैन, नेपाली जनताले गर्नेछ । नेपालको सडक र विद्युत विदेशीको स्वार्थमा हैन, नेपाली जनताको पक्षमा हुनु पर्दछ । एमसीसी नेपाललाई नवऔपनिवेश बनाउने प्रक्रिया हो । एमसीसी खारेज गरौँ आत्मनिर्भर अर्थतन्त्रको बिकास गरौं’लगायतका प्ले कार्डसहित युवाहरुले स्वस्पूर्त रुपमा एमसीसी नेपालको हितमा नभएको भन्दै खारेजको माग गर्दै प्रर्दशन गरेका हुन् ।
उनीहरुले विभिन्न प्ले कार्डसहित बुटवलको पुष्पलाल पार्क, वीपी चोक, ट्राफिक चोक हुँदै पुनः पुष्पलाल पार्कमा आएर एमसीसी खारेजको माग गरेका थिए ।
युवाहरुले एमसीसी रिजेक्ट लेखिएका टि–सर्ट र नो एमसीसी लेखेको मास्क लगाएर विरोध प्रदर्शनमा सहभागी भएका थिए ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 50 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |