Incident Reports

संघीयता खारेजीको माग गर्दै नेपालगञ्जमा प्रदर्शन

2020-06-29

Lumbini, Banke, Nepalgunj

नेपालगञ्ज, १५ असार । संघीयता खारेजीका माग गर्दै नेपालगञ्जमा प्रर्दशन गरिएको छ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी महिला संगठनले सोमवार बाँकेको नेपालगञ्जमा राजसंस्थाको पुर्नस्थापना र संघीयता विराधी नारा लगाउँदै प्रदर्शन गरेको हो ।

नेपालगञ्जका चारवाहीनी रोडबाट निस्केको विरोध र्याली नेपालगञ्जको भेरी अस्पताल रोड, सदरलाइन हुदै त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातान्त्रिक पार्टीका केन्द्रीय सदस्य तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणा, केन्द्रीय सदस्य पवित्रा सुव्वा, राष्ट्रिय प्रजातान्त्रिक पार्टी महिला संगठन बाँके शाखाका अध्यक्ष इन्दिरा शाही लगायतले संघीयता नेपाली नागरिकका लागि थामि नसक्नु बोझ बनेको दावी गरेका थिए ।

संघीयता नेपाली माटो अनुरुपको अभ्यास नभएको दावी गर्दै वक्ताहरुले संघीयता खारेज नगरे मुलुकमा विभाजनको विऊ रोपिने चेतावनी दिएका थिए । राजसंस्था नेपालको लागि अनिवार्य संस्था भएकोले राजसंस्था पुर्नस्थापना हुनुपर्ने माग पनि वक्ताहरुको थियो ।

विरोध र्यालीमा महिलामैत्री क्वारेन्टाइनको ब्यबस्था गर, भ्रष्टाचारको अन्त्य गर, भ्रस्टाचारीलाई कारवाही गर, महिला हिंसा बन्द गर, पीसीआर टेस्टको दायरा वृद्धि गर, क्यारेन्टाइनमा भएको बलात्कार काण्डका दोषीलाई कारवाही गर, पिडितलाई क्षतिपूर्ति दे, जस्ता नाराबाजी लगाइएको थियो ।

कोरोना संक्रमणको जोखिम बढिरहेको बखत न्यूनतम सामाजिक दूरीको मापदण्डको समेत र्यालीमा लागू भएको देखिएको थिएन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 60
Actor 1 - Affiliations Democratic Alliance (NC, RPP and others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments