Incident Reports

एमसीसीको विरोध, हात काटेर रगत निकाल्न नपाउँदै स्वागत नेपालसहित दर्जन पक्राउ!

2020-06-30

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं : एमसीसीको विरोधमा उत्रेका स्वतन्त्र राष्ट्रिय अभियान नेपाल नामक संस्थाका संयोजक स्वागत नेपालसहित ११ जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

माइतीघरबाट आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएको नेपालले पुष्टि गरेका छन्। 'एमसीसीको विरोध गर्ने शुरु मात्रै गर्दा भर्खरै म लगायत केन्द्रीय साहित्य कला विभाग ईञ्चार्ज कृष्ण प्रसाई, सिन्धुपाल्चोक संयोजक आगेली माईला, संगठन विभाग संयोजक सन्तोष अधिकारी, नवीन मैनाली, सभ्यता नेपाल लगायतलाई पक्राउ गरियो,' नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

अभियानले आज आफ्नै शरीरबाट रगत निकाली सडकमा रिजेक्ट एमसीसी लेखेर विरोध गर्ने कार्यक्रम तय गरेको थियो। विरोध शुरु गर्न नपाउँदै प्रदर्शनमा उत्रेकालाई प्रहरीले नियन्त्रणमा लिएको हो।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments