Incident Reports

नागरिकता विधेयक फिर्ताको माग गर्दै बिराटनगरमा बिरोध प्रदर्शन

2020-06-30

Province 1, Morang, Biratnagar

असार १६

नेकपा सचिवालय द्वारा प्रस्तावित नागरिकता संशोधन विधेयक तत्काल फिर्ता गर्न माग गर्दै बिराटनगरमा मंगलबार प्रदर्शन गरेका छन।

जनता समाजबादी पार्टी मोरङले उक्त बिधेयक फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेको हो।

संसारीमाई स्थानबाट सुरु भएको बिरोध र्‍यालीले नगर परिक्रमा गरि ट्राफिक चोकमा कोणसभामा परिणत भएको थियो।

उक्त सभालाई सम्बोधन गर्नु हुँदै समाजवादी पार्टीका प्रदेश सभा सदस्य केदार धिमालले प्रस्तावित नागरिकता विधेयकले महिला माथी विभेद गर्ने भएकोले एस्तो विभेदकारी विधेयकको हामी सबै मिलेर बिरोध गर्नु पर्ने भन्नू हुँदै उँहाले एस्तो कानुन बनाएर निमुखा जनता प्रतिको शासन र विभेदको अन्तय हुनु पर्नेमा जोड दिनु भयो।

महिला नेत्री रन्जु बर्माले जनताको बिरुद्धमा आउने कुनै पनि विधेयक पास भयो भने आगो लगाई दिने बताउनु हुँदै उक्त प्रस्ताबित विधेयक खरेज नगरे हामी सडकमा आएर आन्दोलन गर्न बाध्य हुने बताउनु भयो।

त्यस्तै अर्कि महिला नेत्री रेनुका सिहंले प्रस्तावित विधेयकले मधेशी महिलाहरु माथी विभेद गर्दै अनागरिक बनाएको बताउनु भएको छ। बर्तमान सरकारले लिङ्गकै आधारमा मधेशी महिला माथी विभेद गर्दै शासन गर्न खोजेकोले हामीले हामी उक्त विधेयकको विरुद्ध जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहेको बताउनु भएको छ।

सभाका वक्ताहरुले अहिले वर्तमान सरकारले कोरोना महामारीको बेला एकहुने समयमा विभेदकारी विधेयक ल्याएर मधेशी जनता माथी शासन गर्ने र मधेशी जनता प्रतिको हेर्ने दृष्टिकोण प्रस्ट भएको बताउनु भएको छ ।वक्ताहरुले वर्तमान सरकारको मधेश र मधेशीको नियत गलत रहेकोले सबैले मिलेर यस्को बिरोध गर्नु पर्नेमा जोड दिनु भयो।

बिरोध कार्यक्रममा जनमा समाजवादी पार्टीका केन्द्रीय नेता तथा प्रदेश सभा सदस्य जयराम यादव ,रामलाल सुतिहार,विद्यार्थी नेता कमल पोखरेल,बिपुल झा,जिल्ला अध्यक्ष राजकुमार यादव ,मो. कादिर, तबरेज हक मो. नसरुल, युवा नेता राकेश रोशन यादव लगायत नेता हरुको उपस्थिति रहेको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments