Incident Reports

प्रधानमन्त्री ओलीको समर्थनमा सिन्धुपाल्चोकमा मौन प्रदर्शन

2020-07-04

Bagmati, Sindhupalchok, Melamchi

चौतारा- प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा  स्वतन्त्र युवाहरुको समूहले स्वतस्फुर्त रुपमा मेलम्चीमा मौन प्रदर्शन गरेका छन्। नेकपाभित्र चर्केको विवादका बीच नेकपा नेताहरुले ओलिको राजीनामा मागेपछि प्रधानमन्त्रीको समर्थनमा मेलम्ची आसपासका युवाहरु शनिबार सडकमा निस्किएका हुन्।

मौन प्रदर्शनमा सहभागी युवाहरूले ओलीको समर्थनमा  मेलम्चीमा कमिसन खोज्ने मन्त्रीको राजीनामा गराऊ‚ प्रधानमन्त्रीको होइन, आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई, हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल होसियार, याद छ नेताहरू हाम्रो भोट पाँच वर्षको लागि एउटै प्रधानमन्त्रीलाई थियो, राजनीतिक स्थायित्वको लागि स्थायी सरकार, पार्टीको लागि हैनस देशको लागि म झोलेनै हुँजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरूले मौन रुपमा करिब आधा घन्टासम्म स्कुल जाने सडकअघि प्रदर्शन गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments