Incident Reports

सएलसी परीक्षामा गोली चल्यो, केही घाइते l

2014-03-25

जनकपुर, चैत्र ११ - धनुषा जिल्लाको तीन वटा परीक्षा केन्द्रमा आजको एसएलसी परीक्षा अवरुद्ध भएको छ । विद्यार्थी र प्रहरीबीच झडप भएपछि बढेको तनावले यदुकोहा क र ख तथा धवौलीमाविको परीक्षा केन्द्रको परीक्षा अवरुद्ध भएको हो । झडपमा केही विद्यार्थी घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर घाइते भएका सन्तोषकुमार यादव र राधेश हातीलाई जनकपुर अंचलमा उपचारपछि थप उपचारका लागि धरान पठाईको छ । यादवको पिठ्यु र पाखुरामा तथा हातीको तिघ्रामा गोली लागेको छ । यदुकोहा केन्द्रमा पुरुष प्रहरीले नै चिट खोज्न महिला परिक्षार्थीको शरीर जाँच गरेपछि विरोध गर्दा प्रहरीले बल प्रयोग गरेको विद्यार्थीहरुको दावी छ । प्रहरीले भने परीक्षा खुकुला पार्न र चिट चोर्न दवाब दिन उद्देश्यले विद्याथीले प्रदर्शन गरेपछि झडप भएको जनाएको छ । विद्यार्थीहरु परीक्षा छाडेर तोडफोड र प्रदर्शन गर्दै नजिकको धवौली केन्द्रको परीक्षा समेत अवरुद्ध पारेका थिए । त्यहाँ प्रहरीले गोली चलाएको थियो । तीन वटा परीक्षा केन्द्रको करिब एक हजार परीक्षार्थीको आजको सामाजिक शिक्षा विषयको परीक्षा प्रभावित भएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis