Incident Reports

‘प्रधानमन्त्री ओलीलाई काम गर्न देऊ’ भन्दै बुटवलमा प्रदर्शन

2020-07-03

Lumbini, Rupandehi, Butwal

बुटवल, असार १९ गते । पार्टीभित्र आन्तरिक तनाव चुलिएको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका युवा तथा खेलाडीहरूले राष्ट्रियता, सरकार, प्रधानमन्त्री र पार्टी अध्यक्षको पक्षमा भन्दै बुटवलमा प्रदर्शन गरेका छन् ।  

सरकारले राष्ट्रियतासँगै धेरै क्षेत्रमा ऐतिहासिक काम गरिरहेको भन्दै सरकार ढाल्न र पार्टी विभाजन गर्न नहुने आशयमा प्लेकार्डहरूसहित उनीहरूले प्रदर्शन गरेका थिए ।  

सहभागीहरूले वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढलाउन पाइँदैन, प्रधानमन्त्री ओलीलाई काम गर्न देऊ, नेपाल फिजी बनाउन पाईंदैन लगायतका नाराहरू लेखिएका प्ले कार्ड बोकेका थिए ।  

प्रदर्शनमा प्रधानमन्त्री ओलीलाई रुचाउने समूहका पूर्व एमालेका युवा खेलाडीसँगै कतिपय पूर्व माओवादीका युवाहरू पनि सहभागी थिए ।  

मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश ५ को अगुवाई भएको प्रदर्शनपश्चात सभामा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्य, ट्रेड युनियन महासङ्घ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतम, एकेडेमी प्रदेश ५ का अध्यक्ष नरबहादुर घर्ती, उपाध्यक्ष मीनप्रसाद पोख्रेललगायतले बोल्नुभएको थियो । 

लकडाउन र कोरोना जोखिमका कारण प्रदर्शनमा सहभागी सबैले मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गरेको एकेडेमीका केन्द्रीय उपाध्यक्ष आचार्यले दाबी गर्नुभयो । 

 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth unknown
National/Online Media

0 Comments