Incident Reports

बालिका बलात्कारका आरोपितलाई १० वर्षकैद l

2014-03-26

Madhes, Rautahat, Ishanath

Bipin Gautam एक ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डुमरिया (म) गाविस २ का १९ वर्षीय जीवन विष्टलाई जिल्ला अदालतले १० वर्षकैद र पीडित बालिकालाई २० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराने फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणि शर्माको चैत १० गतेको इजलासले सो फैसला गरेको हो । फैसलामा पीडितलाई दिइने क्षतिपूर्ति रकम अभियुक्त विष्टको कुनै पनि जायजेथा नदेखिएकोले नेपाल सरकारका तर्फबाट दिलाउने उल्लेख छ । अभियुक्त विष्टले पीडित बालिकालाई ०६९ असार १६ गते बलात्कार गरेको आरोपमा प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । विष्ट जिल्ला अदालतको ०६९ साउन १२ गतेको आदेशमा पुर्पक्षका लागि जिल्ला कारागार शाखामा थुनामा रहेका थिए ।

0 Comments

Related Reports
Related Trend Analysis