Incident Reports

बलात्कृत महिलाको प्रहरीद्वारा उद्धार, घटनामा संलग्न आरोपितहरू गिरफ्तार l

2014-03-26

Province 1, Khotang, Kepilasagadhi

DM Chamling बलात्कृत महिलालाई लुकाई राखेको ठाउँबाट प्रहरीले चैत १२ गते उद्धार गरेको छ । गत फागुन २६ गते सप्तेश्वर गाविस-८ का १८ वर्षीय सन्देश राईद्वारा बलात्कृत एक ४० वर्षीया दलित महिलालाई लुकाएर राखिएको अवस्थामा बाक्सिला गाविस-८ बाट प्रहरीले उद्धार गरेको हो । रकम लेनदेनमा मिलापत्र गरी बलात्कारका आरोपित भगाउनुका साथै महिलालाई समेत लुकाएर राखेको प्रहरीले जनाएको छ । उजुरी दिन सदरमुकाम आएकी पीडितलाई फर्काएर लगेपछि गाउँमा लुकाएर राखेको थाहा पाउन साथ प्रहरी परिचालन गरी पीडितको उद्धार गरिएको इलाका प्रहरी कार्यालय बाक्सिलाका र्सइ दानबहादुर चौहानले बताए । मिलापत्र गरिएको घटनाको बारेमा अन्य कुरा खुल्ने डरले आरोपित पक्ष र मिलापत्र गराउनेले महिलालाई गाउँमा लुकाएको खुलासा भएको छ । पीडित महिलालाई सदरमुकाम दिक्तेल ल्याई स्वास्थ्य परीक्षण गराइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोविन्दकुमार शाहले बताए । यसैबीच, बलात्कारका आरोपित सप्तेश्वर गाविस-८ का १८ वर्षीय सन्देश राईलाई प्रहरीले चैत १३ गते मोरङ जिल्लाको पथरी बजारबाट गिरफ्तार गरेको जनाएको छ । आरोपित राईलाई भोलिसम्ममा खोटाङ ल्याइ सकिने जिल्ला प्रहरी कार्यालयका डिएसपी गोविन्दकुमार शाहले बताए । यसैगरी, बलात्कार आरोपित १७ वर्षीय शन्देश राईलाई गाउँबाट भगाएको र पीडितलाई गाउँमा लुकाई राखेको आरोपमा उनीहरुलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बाक्सिलाका सई दानबहादुर चौहानले बताए । प्रहरी हिरासतमा रहेका आरोपितलाई पीडित प्रहरी कार्यालयमा उपस्थित नभएको भन्दै अनुसन्धान नै नगरी चैत ६ गते आवश्यक परेको अवस्थामा उपस्थित गराउने र्सतमा प्रहरीले रिहा गरेको थियो । रकम लेनदेन गरेर सदरमुकाममै मिलापत्र गरिएको घटनामा जिल्लास्थित मानवअधिकारकर्मीहरुको चर्को दबावपछि पुनः प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो । फागुन २६ गते आरोपितले महिलालाई घरैमा बलात्कार गरेको भन्दै पीडितको तर्फबाट फागुन २७ गते इलाका प्रहरी कार्यालय बाक्सिलामा जजुरी परेको थियो । उनको सोही दिन इलाका स्वास्थ्य कार्यालय बाक्सिलामा स्वास्थ्य परीक्षण भएको थियो । आरोपितलाई फागुन २९ गते प्रहरीले गिरफ्तार गरेको थियो । बलात्कार आरोपित भगाएको र पीडित महिलालाई लुकाई राखेको आरोपमा सप्तेश्वर गाविस-८ का ५० वर्षीय नरेश राई, ३१ वर्षीय खगेन्द्र राई र ३० वर्षीय चन्द्रकला परियारलाई चैत १२ गते प्रहरीले बाक्सिला गाविसबाट गिरफ्तार गरेको छ । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis