Incident Reports

ज्येष्ठ नागरिकहरुद्वारा आत्मदाह गर्ने चेतावनी l

2014-03-27

Bagmati, Lalitpur, Lalitpur

Ramesh Prasad Timilsina ज्येष्ठ नागरिक सङ्र्घष समितिका अध्यक्ष महाप्रसाद पराजुलीले आफ्नो माग सम्बोधन नगरिए चैतको अन्त्य सम्ममा आत्मदाह गर्ने चेतावनी दिएका छन् । उनले चैत १२ गते इन्सेक ललितपुर प्रतिनिधिसँग कुरा गर्दै १३ महिनादेखि जेष्ठ नागरिकका हक अधिकारको लागि गरिएको आन्दोलनलाई अब कुनै पनि बहानामा रोक्न र थेग्न नसक्ने स्थितिमा पुगेको भन्दै आत्मदाह गर्ने चेतावनी दिएका हुन् । ०६९ फागुन २४ गतेबाट जारी आन्दोलनकै अवधीमा आन्दोलनमा सहभागी पाँच जना ज्येष्ठ नागरिकहरुको मृत्यु भइसकेको बताउँदै पराजुलीले भावी सन्ततिका लागि राम्रो होस् भन्दै ६ जना ज्येष्ठ नागरिक आत्मदाहका लागि तयार रहेको बताएका छन् । उनीहरुले हवाई तथा सडक यातायातका साधन र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट र ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता न्यूनतम मासिक तीन हजार पुर्‍याउनु पर्नेलगायतका माग राख्दै आएका छन् । अस्पताल र सवारी साधनमा ५० प्रतिशतको छुट गर्ने व्यवस्थाका लागि सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिईसकेको सर्न्दर्भमा मागप्रति बेवास्ता गर्नु भनेको ज्येष्ठ नागरिकलाई अपमान गर्नु भएको ज्येष्ठ नागरिक संर्घष समितिका संयोजक महाप्रसाद पराजुलीको भनाई छ । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis