Incident Reports

बलात्कृत बालिकालाई हजुरबाले घर बस्न दिएनन् l

2014-03-29

DM Chamling Rai एक १४ वर्षीय बलात्कृत बालिकालाई गाउँमा पुनर्स्थापित हुन समस्या भएको छ । आफ्नै बावुद्धारा बलात्कृत भएपछि सदरमुकाम दिक्तेलस्थित महिला तथा बालबालिका पुनस्थापना केन्द्रको संरक्षणमा राखेर पुनः गाउँमा पठाईएकी पीडित बालिकालाई गाउँमा पुनर्स्थापना हुन समस्या भएको हो । पीडित बालिकालाई हजुरबुवा र गाउँका केही व्यक्तिले मानसिक यातना दिँदै दुर्व्यवहार गर्न थालेपछि पुनर्स्थापनामा समस्या भएको महिला तथा बालबालिका कार्यालय खोटाङकी महिला विकास अधिकृत समीक्षा निरौलाले बताईन् । हजुरबुवाबाटै बालिकालाई दुर्व्यवहार भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय बाक्सिलामा ल्याएर छलफल गराईएको इप्रका बाक्सिलाका सई दानबहादुर चौहानले बताए । बावुद्वारा बलात्कृत भएपछि ३७ दिनसम्म पुनर्स्थापना केन्द्रको संरक्षणमा राखिएकी बालिकालाई चैत १० गते काकी र गाउँका हजुरआमा पर्ने महिलाको साथमा गाउँ पठाइएको थियो । हजुरबुवा र गाउँका केही व्यक्तिहरूले बालिकालाई अमानवीय व्यवहार गर्दै घरमा बस्न नदिएको र सामाजिक बहिस्कार गर्ने चेतावनी दिनेगरेको जानकारी आएको जिल्ला बालकल्याण समति खोटाङका बालअधिकार अधिकृत रविन राईले बताए । गाउँबाट बहिष्कार गर्ने धम्की आएपछि बालिकालाई गाउँमा बस्नेक्रममा आइपर्ने समस्याका विरुद्धमा लड्नका लागि सर्वदलीय सर्वपक्षीय प्रतिवद्धता जुटाएर गाउँ पठाईएको थियो । पीडित बालिकालाई गत फागुन २ गतेदेखि बालसेवा समाज नेपालाद्वारा सञ्चालित पुनस्थापना केन्द्र दिक्तेलमा राखिएको थियो । सोलुखुम्वुको सोताङमा रहेको मावली घरमा बस्दै आएकी कक्षा ७ मा अध्ययनरत बालिका घर आएको बेला माघ २९ गते राती बुवाद्वारा बलात्कृत भएकी थिईन् । बलत्कारमा संलग्न बालिकाका बावुलाई भने जिल्ला अदालतको आदेशपछि फागुन २७ गतेदेखि पूर्पक्षका लागि जिल्ला कारागार शाखा दिक्तेलमा थुनामा राखिएको छ । डिएम चाम्लिङ राई

0 Comments