Incident Reports

खुकुरी प्रहर गरी पत्नीको हत्या l

2014-03-29

Province 1, Ilam, Mangsebung

Sukdev Chaudhary टाँडी गाविस-१ मा पाहुना आएका ३२ वर्षीय पुष्पा लिम्बको पति २८ वर्षीय कुमार लिम्बूले खुकुरी प्रहार गरी हत्या गरेका छन् । आरोपित लिम्बूले चैत १४ गते राती पत्नीलाई पेटमा खुकुरी प्रहार गरी घाइते बनाएपछि उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाँदै गर्दा बाटो मै मृत्यु भएको हो । इलाम जिल्ला बाँझो गाविस-८ निवासी पति पत्नी नै टाँडीस्थित दीपेन्द्र खड्काको घरमा पाहुना आएको अवस्थामा पतिले पत्नीलाई खुकुरी प्रहार गरेका आरोपित आँफैले पनि आफ्नो पेटमासमेत खुकुरी प्रहार गरी गम्भीर घाइते भएको प्रहरीले जानएको छ । दुवै जनालाई उपचारको लागि धरान लैजाने क्रममा पत्नीको बाटो मै मृत्यु भयो भने पतिको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ । मृतक दुवै दम्पतीको लास पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरेको डिएसपी दीपक पोखरेलले बताए । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis