Incident Reports

पतिको कुटाइबाट घाइते l

2014-03-31

Province 1, Morang, Sundarharaicha

Sukdev Chaudhary सुन्दरपुर गाविस-८ की एक महिलालाई चैत १६ गते राति पतिले घरायसी विवादलाई लिएर कुटपिट गरी घाइते बनाएका छन् । ४० वर्षीया अन्जना कार्की (गुरुङ) लाई पति ५३ वर्षीय कृष्ण कार्कीले चिरपट दाउराले टाउकोमा हिर्काइ गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइतेको उपचार मेरीस्कट हस्पिटल दुलारीमा भइरहेको प्रहरीले जनायो । आरोपितलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएकामा घाइतेको उपचार गर्न समस्या भएकोले रिहा गरिएको प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर नवराज कार्कीले बताए । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis