Incident Reports

तीन दिनदेखि बेपत्ता पुरुष मृत फेला

2020-07-14

Madhes, Saptari, Shambhunath, Ward 3

राजविराज — सोमबार साँझदेखि सम्पर्कविहीन सप्तरी शम्भुनाथ नगरपालिका ३ का ४५ वर्षीय त्रिभुवन राम मृत फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार, रामको शव सोही गाउँपालिकाको वडा नम्बर ४ स्थित मुतनी खोलामा बुधबार फेला परेको हो । उनी २९ गते साँझ घरबाट निस्केपछि नफर्किएकाले परिवारले असार ३० गते प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए । एकान्त धानखेत नजिक नदीमा भेटिएको शवको निधारमा चोट समेत देखिएको प्रहरी निरीक्षक खड्काले बताए । ‘घटना रहस्यपूर्ण छ’, उनले भने, ‘सुक्ष्मरुपमा अनुसन्धान भइरहेको छ ।’ रामकी श्रीमती घुरनीदेवी पतिको हत्या भएको आरोप लगाएकी छन् । शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ । प्रकाशित : असार ३१, २०७७ १५:५५

रामकी श्रीमती घुरनीदेवी पतिको हत्या भएको आरोप लगाएकी छन् । शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ । 



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports