Incident Reports

जाजरकोटमा मेयरकै नेतृत्वमा व्यवसायीमाथि कुटपिट !

2020-07-13

Karnali, Jajarkot, Chhedagad

काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराको नेतृत्वमा रहेका एक समूहले स्थानीय व्यापारी डिकाराम जैसी र उनकी श्रीमतीमाथि कुटपिट गरेका छन् । २९ गते साँझ नगरपालिका प्रमुखलगायतका अन्य व्यक्तिहरु मिलेर आफूमाथि हातपात गरेको जैसीले बाह्रखरीसँगको कुराकानीमा बताएका छन् ।

जैसीले छेडागाड नगरपालिका–११ मा रहेको बाल उच्च माविमा बन्न लागेको भवनको लागि ७०–७१ साल देखि नै सामानहरु दिन लागेको बताउँछन् । तर भवन निर्माणका लागि दिएको रकम नपाएको गुनासो गरेका छन् ।

“लामो समयसम्म पनि मैले पाउनुपर्ने पैसा नपाएपछि धेरै ठाउँमा गुनासो गरेँ,” उनले भने, “नगरपालिकाले कतैबाट व्यवस्था मिलाएर पैसा दिन्छु भनेर धेरै समयसम्म झुलाएको झुलायो तर वर्षौँसम्म पनि पैसा दिएन ।”

उनका अनुसार स्थानीयले त्यहाँ कम्तिमा पनि १४ लाख रुपैयाँ लिन बाँकी छ । 

उनले आफूलाई स्कुल भवन निर्माणका लागि जस्तापाता ल्याइदिन आग्रह गरेको र त्यहीअनुसार पुरानो रकम पनि पाउने आश्वासन दिएकाले नेपालगञ्जबाट ल्याउँदा अर्को व्यक्तिलाई पनि त्यसैगरी ल्याउन भनेको सुनेपछि पुरानो रकम नदिएसम्म अर्को व्यक्तिलाई जस्ता झार्न नदिने कुरा भइरहँदा मेयरसहितको टोली आएर आफूमाथि हातपात गरेको उनी बताउँछन् । 

जैसीले बाह्रखरीसँगको कुराकानीमा भने, “हामी पसलमा थियौं । केही प्रहरीहरु पनि त्यहाँ आए, केहीबेरपछि नगरपालिका प्रमुख महतारासहितका व्यक्तिहरु आएर हामीमाथि हातपात गर्न थाले ।” 

उनले उक्त समूहको कुटाइले आफ्नो टाउकोमा चोट लागेको र श्रीमतीको हात भाँचिएको बताए । घटनाका सम्बन्धमा बुझ्न नगर प्रमुख महतारालाई पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 2
Female Injured 1
National/Online Media

0 Comments

Related Reports