Incident Reports

Clash between Student Organizations

2014-04-02

Gandaki, Lamjung, Sundarbazar

Lamjung,Vidhyarthi sangathan bich jhadap. Lamjung/ April 1 Nepal Student Union (NSU) and ANNFSU students have ensued in a clash at Agricultural Campus of Lamjung in Sunder Bazar VDC on March 31 regarding the dispute of admission. NSU cadre Girish Awasthi was injured in the clash. ANNFSU said that their cadre Sanjaya Paudel was attacked with a sharp weapon by the cadres of NSU on March 31 at Siudi Bazar of Bodeotar VDC. He sustained hand and leg injuries and received medical treatment at District hospital. The clash started after the cadres of ANNFSU retaliated. Police have been deployed at the area to control the situation, said Inspector Narayan Ranjitkar of area police office Bodeotar. Principal of campus, Dr. Lal Prasad Amgain urged students not to engage in clash saying that the issue of admission will be taken care by the campus. Krishna Prasad Adhikari सुन्दरबजार गाविसस्थित लमजुङ कृषि क्याम्पसमा चैत १७ गते नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियूबीच विद्यार्थी भर्नाको विषयमा झडप भएको छ । चैत १५ गतेदेखि क्याम्पसमा तनाव शुरु भएको थियो । झडपमा अनेरास्ववियूको आक्रमणबाट नेविसङ्घका कार्यकर्ता गिरिश अवस्थी सामान्य घाइते भएका छन् । अनेरास्ववियू निकटका सञ्जय पौडेललाई चैत १७ गते नेविसङ्घका कार्यकर्ताले भोटेओडार गाविसको सिउँडीबारमा धाँरिलो हतियार प्रयोग आक्रमण गरेको अनेरास्वबियुले जनाएको छ । पौडेलको हात र खुट्टामा चोट लागेकोमा जिल्ला अस्पतालमा उपचार भयो । सोही घटनाको प्रतिकारमा अनेरास्वबियुका कार्यकर्ता उत्रिएपछि झडप भएको हो । क्याम्पसमा थप तनाब उत्पन्न हुन नदिन सुरक्षा व्यवस्था मजबुद पारिएको इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक नारायण रञ्जीतकारले जानकारी गराए । क्याम्पसका प्रमुख डा. लालप्रसाद अमगाइँले नयाँ आउने विद्यार्थी स्वतन्त्रपूर्वक आउनसक्ने बताउँदै विद्यार्थीहरूलाई ल्याउने र पुर्‍याउने आवश्यकता भएमा त्यसको जिम्मेवार क्याम्पस प्रशासनले लिने भन्दै नयाँ विद्यार्थीको विषयलाई लिएर झगडा नगर्न उहाँले विद्यार्थी सङ्गठनलाई आग्रह गरे । कृष्णप्रसाद अधिकारी

0 Comments

Related Reports
Related Trend Analysis