Incident Reports

अज्ञात समूहद्वारा गोली प्रहार l

2014-04-01

Madhes, Rautahat, Chandrapur

Bipin Gautam सन्तपुर(म) गाविस-६ का ४७ वर्षीय कलाधर पौडललाई चैत १७ गते राति अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको छ । घरमा सुतिरहेका पौडेललाई राति ११ बजेतिर ५ -६ जनाको सङ्ख्यामा आएको समूहले प्रहार गरेको गोली पौडेलको तिघ्रामा लागेको थियो । घाइते पौडेललाई घरबाहिर निकालेर पुनः दाहिने पाखुरामा गोली प्रहार गर्नुका साथै र टाउकोमा रडले प्रहार गरी घाइते बनाएको पीडितका आफन्त सूर्यप्रसाद पौडेलले बताए । घाइतेको चितवनको भरतपुर स्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते पौडेल भैसीको व्यापारी भएकाले सोही रिसइविका कारण गोली प्रहार गरेकेा हुन सक्ने प्रहरीको आशङ्का छ । घटनामा संलग्नहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी इन्सपेक्टर प्रकाश शाहीले बताए । विपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis