Incident Reports

बोक्सीको आरोपमा कुटपिटमा संलग्न पुनः गिरफ्तार l

2014-04-01

Lumbini, Kapilbastu, Kapilbastu

Nanda Ram Paudel फौजदारी अभियोगको घटनालाई प्रहरीले मिलापत्र गराई रिहा गरिएका निग्लीहवा गाविस-१ का प्रचण्ड थारूलाई चैत १७ गते इलाका प्रहरी कार्यालय पिपराले पुनः गिरफ्तार गरी अनुसन्धान गरेको छ । इन्सेक अनलाइन तथा विभिन्न सञ्चारमाध्यममा फौजदारी घटनामा प्रहरीबाट मिलापत्र गराइएको समाचार प्रकाशन तथा प्रसारण भएपछि प्रहरीले थारूलाई पुनःगिरफ्तार गरेको हो । निग्लीहवा गाविस-१ की ५० वर्षीया ज्ञानमती थारू र उनका परिवारलाई ०७० फागुन २५ गते बोक्सीको आरोपमा प्रचण्ड थारूले कुटपिट गरी घाइते बनाएका थिए । आरोपितलाई फागुन २६ गते कुटपिटको आरोपमा गिरफ्तार गरेकोमा प्रहरीको सहयोगमा घटनामा मिलापत्र गराई २४ घण्टा नबित्दै फागुन २७ गते रिहा गरिएको थियो । इन्सेकले कारबाही प्रकृया अगाडि बढाउन सरोकारवाला निकायको ध्यानकर्षण गराउँदै सञ्चारमाध्यम मार्फत आग्रह गरेको हो । पीडितले बोक्सोको आरोप लगाई कुटपिट गर्ने प्रचण्ड थारुलाई कानुनी कारवाहीको माग सहित चैत १७ गते पुनः किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले आरोपित थारुलाई घरवाटै गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ । घटना भएको लामो समयसम्म पीडितलाई डरत्रास देखाएर तथा उपचार खर्च दिने भन्दै साम्य पार्ने यास भइरहेको अवस्थामा इन्सेक प्रतिनिधिमार्फत घटना सार्वजनिक गर्दै पीडिकलाई कारबाहीको माग गरिएको थियो । इन्सेक प्रतिनिधिसहितको टोलीले स्थलगत अध्यनपछि इन्सेक अनलाइन तथा विभिन्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई जानाकारी गराएपछि घटना सार्वजनिक भएको थियो । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis