Incident Reports

पाँच वर्षको छोरा कुटेर मार्ने सौताने आमा पक्राउ

2020-07-17

Madhes, Rautahat, Dewahhi Gonahi, Ward 4

रौतहट । देवाही गोनाही नगरपालिका–४ दोहर बस्ने गणेश सहनीका छोरा ५ वर्षीय कृष्ण सहनीको कुटपिटबाट हत्या गरिएको छ । हत्या गरेको अभियोगमा उनकै सौतेनी आमा २० वर्षीया फुली देवी सहनीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

फुली देवीले आफ्नो छोरालाई पिटेको भन्दै सौताको छोरालाई निर्घात कुटेकी थिइन् । गम्भीर घाइते भएका कृष्णको सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल रौतहटमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले फुली देवीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments