Incident Reports

बहुविवाहका आरोपित प्रहरी हिरासतमा l

2014-04-01

Sudurpashchim, Achham, Ramaroshan

Shiva Raj Khattri सुतार-७ का २२ वर्षीय चन्द्र भण्डारी र षोडशा-५ की १८ वर्षीया ईश्वरा बोहोरालाई बहुविवाह गरेको आरोपमा प्रहरीले चैत १७ गते गिरफ्तार गरी हिरासतमा राखेको छ । चन्द्रकी जेठी पत्नी नविना भण्डारीले आफू हुँदाहुँदै ईश्वरासँग दोस्रो विवाह गरेको भन्दै चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले आरोपितद्वयालाई गिरफ्तार गरी हिरासतमा राखेको हो । जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाहीले दिएको जानकारी अनुसार ईश्वरासँग विवाह गरेलगत्तै काठ्माण्डौ गएका चन्द्रलाई उतैबाट प्रहरीको सहायताले अछाम पुर्‍याइएको हो भने कक्षा ९ मा अध्ययनरत ईश्वराको वार्षिक परीक्षा सकिएलगत्तै गिरफ्तार गरी हिरासतमा राखिएको हो । चन्द्रको पुरानो पत्नीबाट दुई बच्चासमेत रहेको प्रहरीले जानकारी दिएको छ । यस बारे थप अनुसन्धान भइरहेको डिएसपी शाहीले जानकारी दिए । शिवराज खत्री

0 Comments

Related Reports
Related Trend Analysis