Incident Reports

दौरा, सुरुवाल र टोपी लाए टाउको काट्ने ज्वाला सिंहको उर्दी l

2014-04-02

Manohar Kumar Pokhrel जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष ज्वाला सिंहले चैत १९ गते एक विज्ञप्ति जारी गरी तराईमा पहाडेहरूले दौरा, सुरुवाल र ढाका टोपी लगाए टाउको काट्ने धम्की दिएका छन् । तराईमा दौरा, सुरुवाल र ढाका टोपी लगाउन प्रतिबन्ध गरिएको उर्दी गर्दै अध्यक्ष सिंहद्वारा जारी विज्ञप्तिमा कुनै पद र ओहदामा रहेको मधेसीले लगाए पहाडीको अवैध सन्तान ठहरिने बताएका छन् । सशस्त्र सङ्घर्षका माध्यमबाट तराईलाई स्वतन्त्र गर्ने उद्घोष गर्दै आएका मोर्चाका अध्यक्ष एंव सर्वोच्च सैन्य कमाण्डर सिंहले विज्ञप्तिमा तराईको सबै समस्या समाधानको उपाय स्वतन्त्र तराई, अलग देश हो भनेका छन् । अध्यक्ष सिंहले ०६९ असोज २४ गते पनि एक विज्ञप्ति जारी गरी ०६९ कात्तिक ३ गतेभित्र पहाडीहरूलाई तराई खाली गर्न धम्की दिएका थिए ।

0 Comments

Related Reports
Related Trend Analysis