Incident Reports

त्रिवि पदाधिकारीको कार्यकक्षमा ताला

2020-07-19

Bagmati, Kathmandu, Kirtipur

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यकक्षमा ताला लागेको छ । नेविसंघका नाममा आइबार ताला लगाएको त्रिविका रजिस्ट्रार प्रा.डा. पेसल दाहालले बताए । 

त्रिविमा नियुक्तिको भागबन्डाको विषयमा विवाद हुँदै आएको छ । नेविसंघको त्रिवि समितिका सभापति हरि आचार्यले नेविसंघले विभिन्न माग राखेपछि उपकुलपतिले कुनै छलफल नगरेको र सुनुवाइ पनि नगरेकाले ताला लगाएको बताए । उपकुलपतिले जुनसुकै नियुक्तिमा वरिष्ठता र कार्यसम्पादनलाई हेर्ने बताए पनि हरेक नियुक्तिमा आफ्नो गुटको खोज्ने र विभेद गरेको उनको आरोप छ । 

प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले समेत आइतबार विरोध प्रदर्शन गरेको छ । त्रिविका उपकुलपतिलाई बुझाएको ३३ बुँदे मागको बेवास्ता भएको भन्दै त्रिवि उपकुलपति कार्यालयपरिसरमा प्रदर्शन गरेको हो । परीक्षालगायतका काममा लागेको समयमा ताला र प्रदर्शन गरेर समस्या खडा गर्न लागेको प्राध्यापकहरूको गुनासो छ । 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments