Incident Reports

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको हत्या, विवाहमा भएको विवादपछि चोर भन्दै लखेटेको दाबी

2020-06-30

Madhes, Siraha, Siraha, Ward 17

काठमाडौँ – सिराहाको सिराहा नगरपालिका-१७ स्थित नेपाल-भारत सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल-एपिएफका जवान मनोहर कुमार यादबको हत्या भएको प्रहरीले दाबी गरेको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। सिराहा नगरपालिका-३ स्थित एक स्थानीय युवतीको विवाहमा भएको विवादपछि जवान यादबलाई चोर-चोर भन्दै तीन किलोमिटरसम्म खेदाएर नहरमा डुबाएर मारेको आरोप प्रहरीको छ। सोही ठाउँकी एक युवतीसँग यादबको प्रेम सम्बन्ध रहेको प्रदेश-२ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए।।

‘प्रेमिकाको आफन्तको विवाहमा यादब ती युवतीसहित पुगेका रहेछन्। जवानको प्रेम सम्बन्ध स्थानीय युवालाई मन परेको रहेनछ। विवाहमा मादक पदार्थ सेवन गरेका युवाहरुले विवादपछि जवान यादबलाई लखेटेको देखिन्छ’, डीआईजी सिंहले भने।

महोत्तरीको सोनमा  गाउँपालिकाका यादबको शव गत असार १६ गते सिराहा नगरपालिका-१४ खिरौनास्थित नहरमा भेटिएको थियो।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सिराहा नगरपालिका-३ का २५ वर्षीय जयकेशकुमार यादब, २० वर्षीय दिपेशकुमार यादब र २२ वर्षीय मुकेशकुमार यादबलाई पक्राउ गरेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) APF
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports