Incident Reports

थुनुवाद्वारा कारागारको शौचालयभित्र आत्महत्या प्रयास l

2014-04-02

Province 1, Khotang, Diprung

DM Chamling Rai जिल्ला कारागार शाखा खोटाङका एक थुनुवाले चैत १९ गते दिउँसो कारागार भित्रकै शौचालयमा झुण्डिएर आत्महत्याको प्रयास गरेपछि जिल्ला अस्पताल दिक्तेलमा भर्ना गरिएको छ । कर्तव्य ज्यान मुद्दामा ०७० फागुन २५ गतेदेखि पूर्पक्षका लागि कारागार शाखा खोटाङ थुनामा रहेका टेम्मा गाविस-३ का २० वर्षीय उज्वल राई दिउँसो शौचालयभित्र जुत्ताको फित्ता घाँटीमा लगाएर झुण्डिएका थिए । शौचालयको ढोकामा भित्रबाट प्रयोग गरिने ताल्चा नभएकाले अन्य थुनुवा तथा कैदीहरूले तत्कालै देखेपछि बचाउन सफल भएको जेलर चित्रखर आचार्यले बताए । ०७० भदौ १५ गते टेम्मा गाविस-९ का ७० वर्षीय धनमान भन्ने रामबहादुर राईको हत्या अभियोगमा प्रहरीले उनलाई माघ २७ गते गिरफ्तार गरेको थियो । कारागार शाखाले दिएको जानकारी अनुसार बुधबार बिहान १० बजे घरबाट पत्नीले फोन सम्पर्क गरी कुराकानी गर्दा परिवारसँग सामान्य भनाभन भएको विषयलाई लिएर उनले आत्महत्याको प्रयास गरेका हुन् । यसबारे थप अनुसन्धान गरिने र कारागारभित्र यस्ता सामग्रीहरूको प्रयोगमा ध्यान दिइने डिएसपी गोविन्दकुमार शाहले बताए डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis