Incident Reports

वडाध्यक्ष कुटिए  

2020-07-23

Madhes, Sarlahi, Haripurwa, Ward 3

सर्लाहीको हरिपूर्वा नगरपालिका ३ का वडाध्यक्ष धर्मराजसिंह महतोमाथि बिहीबार साँझ निर्घात कुटपिट भएको छ ।

कुटपिटबाट वडाध्यक्ष महतोको हातमा भित्री चोट लागेको आशंकामा जिल्ला अस्पतालमा सामान्य उपचार गरी काठमाडाै‌ं रिफर गरिएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

यसबीच प्रहरीले वडाध्यक्ष महतोमाथि कुटपिट गरेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरूको विषयमा अनुसन्धान भइरहेको कुँवरले जनाए । व्यक्तिगत रिसइबीका कारण कुटपिट भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । 

कुटपिटमा संलग्नहरू वडाध्यक्ष महतोलाई कुट्ने योजनासहित त्यहाँ पुगेको प्रहरीको आशंका छ । 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports