Incident Reports

परिवारजनबाट उपेक्षित भएपछि बलात्कृत बालिका गाउँबाट विस्थापित l

2014-04-06

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai आफ्नै परिवारका सदस्यहरूको उपेक्षाका कारण ले १४ वर्षीया बलात्कृत बालिका गाउँबाट विस्थापित भएकी छिन् । आफ्नै हजुरबुवा र गाउँका केही आफन्तले दुर्व्यवहार गर्दा एक हप्ताअघिदेखि विस्थापित भएकी बालिकालाई चैत २२ गतेदेखि सदरमुकाम दिक्तेलस्थित महिला तथा बालबालिका पुनस्थापना केन्द्रको संरक्षणमा राखिएको छ । ०७० माघ २९ गते आफ्नै बावुद्वारा बलात्कृत बालिकालाई चैत १० गते आफन्तको जिम्मा लगाइएकोमा हजुरबुबा र समाजका अन्य व्यक्तिले घृणा गरेपछि पुनः विस्थापित भएकी हुन् । परिवारका केही सदस्य र गाउँलेहरूले बालिकालाई सहजरूपले बस्ने वातावरण तयार नगरेपछि सामाजिक रूपमा छलफल गराई बालिकालाई पुनःस्थापना गराउने तयारी भइरहेको महिला तथा बालबालिका अधिकृत समीक्षा निरौलाले बताईन् । हजुरबुबाले बालिका र बालिकालाई घर लैजाने व्यक्तिलाई दुर्व्यवहार गर्नुका साथै पीडितले पकाएको खानेकुरा नखाने, आवतजावत र बोलिचाली बन्द गर्ने, दुर्व्यवहार गर्ने गरेपछि बालिका विस्थापित भएकी हुन् । पीडित बालिकाकी काकी ले समाजका केही व्यक्तिहरूले बालिकालाई गाउँ लगेको विषयलाई लिएर आफूलाई समेत गाउँबाट बहिष्कार गर्ने धम्की आएपछि समस्या भएको बताईन् । यसअघि फागुन २ गतेदेखि महिला तथा बालबालिका पुनःस्थापना केन्द्रको संरक्षणमा रहेकी बालिका ३७ दिनपछि गाउँ फर्किएकी थिईन् । जिल्ला बाल कल्याण समिति अधिकृत रविन राईले बालिकालाई समाजमा पुनःस्थापना गराउन आफूहरूले पहल गरिरहेको बताए । घटनामा संलग्न आरोपित जिल्ला अदालतको आदेशपछि फागुन २७ गतेदेखि पुर्पक्षका लागि कारागार शाखा दिक्तेलमा थुनामा छन् । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis