Incident Reports

नेविसंघले लगायो डिन कार्यालयमा ताला

2020-07-26

Bagmati, Kathmandu, Kirtipur

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायका डिन कार्यालयमा ताला लगाएको छ।

नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले दिएको जानकारीअनुसार डिन कार्यालयमा आइतबार ताला लगाइएको हो।

नेविसंघका मागबारे छलफल नगरी त्रिवि पदाधिकारीले पेलेर जाने रणनीति लिएकोले बाध्य भएर ताला लगाउनुपरेको उनले बताए।

नेविसंघ त्रिवि समितिले यसअघि उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार कार्यालयमा पनि तालाबन्दी गरेको छ।

नेविसंघले राखेका २० सुत्रिय माग पूरा गर्न त्रिवि पदाधिकारीले वेवास्ता गरेको रावलले बताए। त्रिविले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई त्रिविमा भर्ति गराएको नेविसंघको आरोप छ। 

यस्तो छ विज्ञप्ति:


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments