Incident Reports

बन्चरोले हानेर पतिको हत्या

2020-07-26

Lumbini, Banke, Khajura, Ward 6

नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिका–६ गिजरामा पत्नीले पतिको हत्या गरेकी छन् । ६५ वर्षीया मिछिया थारूले ७५ वर्षीय लक्षीराम थारूको हत्या गरेकी हुन् । 

 घरायसी विवादमा आइतबार दिउँसो सवा ३ बजे मिछियाले पतिको हात, खुट्टा र टाउकोमा बन्चरो प्रहार गरेको अनुसन्धानमा देखिएको बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताए । लक्षीरामको घटनास्थलमै मृत्यु भएको थियो ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । मिछियालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments