Incident Reports

कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेश रोक, सशस्त्रको गस्तीमा पनि अवरोध

2020-07-27

काठमाडौं । भारतले कब्जामा लिएको नेपाली भूमि गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन नेपाललाई पत्राचार गरेको छ । भारत धार्चुलाका उप जिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै यस्तो आग्रह गरेको हो ।

जुलाई १४ मा भारतले पठाएको पत्रमा भनिएको छ,“विशिष्ट स्रोतबाट जानकारी प्राप्त भएको छ कि विभिन्न नेपाली गुट र समूहद्वारा भारतीय क्षेत्र गुन्जी, कालापानी र लिम्पियाधुरामा अवैध रुपमा चोरी छिपेर सीमा पारि आउन चाहन्छन् । मिडियाको ध्यान केन्द्रित गरेर दुवै मुलुकलाई उनीहरु सताउन चाहन्छन् । त्यसैले अनुरोध छ कि यस्ता प्रकारका कुनै पनि सूचना भएमा तत्काल जानकारी गराउनुहोला ।”

र्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले नेपाली पक्षबाट कुनै प्रकारको घुसपैठ नभएको बताए । उनले छाङरुमा रहेको सशस्त्र प्रहरीलाई भारतीय पक्षले गस्तीका क्रममा रोक र अवरोध गरेको बताए ।

उनले भने,“नेपालको नयाँ नक्सामा रहेका गुन्जी, कालापानी र लिम्पियाधुरा भारतीयकै कब्जामा छन् । भौगोलिक विकटता भएकाले त्यहाँ स्थानीय जाँदैनन् । तर आसपासका क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती गर्न खोजेपछि उनीहरुले रोक लगाएको सुनेका छौं । मुलतः उनीहरुले सशस्त्र प्रहरीलाई लक्षित गरेको देखिन्छ ।”

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Foreign State
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments