Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट, घटनाका आरोपित गिरफ्तार

2020-07-20

Karnali, Salyan, Sharada, Ward 13

शारदा नगरपालिका– १३ स्यानीखालकी ५४ वर्षीया एकल महिला हिर्मी बुढाथोकीलाई कथित बोक्सीको आरोपमा कुटपिट गर्ने एक दम्पतीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

कथित बोक्सीको आरोप लगाउने ५६ वर्षीया कौशिला बुढाथोकी र सोही आरोपमा कुटपिट गर्ने उनका ५८ वर्षीय पति मेघलाल बुढाथोकीलाई प्रहरीले ०७७ साउन ६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इन्सपेक्टर उमाकान्त जोशीले जानकारी दिनुभयो ।

आफन्तको घरबाट फर्किदै गर्दा साउन ५ गते घर नजिकै बाटोमा आफू सहित बहिनी विमला बस्नेतलाइ आरोपित दुबैजनाले एक्कासी कुटपिट गरेको पीडितले इन्सेकलाइ फोन मार्फत साउन १२ गते जानकारी दिनुभयो ।

कुटपिटबाट हिर्मी बुढाथोकीको टाउकोमा चोट लागेको र स्वास्थ्य सेवा कार्यालय सल्यानमा उपचारपछि हाल स्वास्थ्य अवस्था सामान्य रहेको सल्यान अस्पतालका निमित्त प्रमुख भिमकान्त जैशीले बताउनुभयो ।

घटनाका आरोपितहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धानमा राखिएको प्रहरीले जनाएको छ ।

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments