Incident Reports

भनाभनमा खुकुरी प्रहार गर्ने पक्राउ

2020-07-28

Bagmati, Sindhupalchok, Melamchi, Ward 4

सिन्धुपाल्चोक- धारिलो हतियार खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मेलम्ची नगरपालिका–४ बस्ने थानकुनेका सोमबहादुर तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

सोही ठाउँका साइला तामाङसँग सामान्य भनाभन हुँदा सोमबहादुरले खुकुरी प्रहार गरेका थिए । खुकुरी हानेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मेलम्ची र भोटेचौरको टोलीले सोमबहादुरलाई घर नजिकै लुकिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते साइलाको दीर्घायु अस्पातल काठमाडौँमा उपचार भइरहेको प्रहरी निरीक्षक तामाङले बताए । खुकुरी प्रहार गर्ने सोमबहादुरलाई नियन्त्रणमा लिएर मङ्गलबार जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थप आदेश लिई अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Others
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports