Incident Reports

बलात्कारको आरोपमा गिरफ्तार l

2014-04-07

Province 1, Ilam, Illam

Kokila Dhakal एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मङ्गलबारे गाविस-३ का १८ वर्षीय आकाश राईलाई चैत २४ गते गिरफ्तार गरेको छ । राईले ती बालिकालाई गत चैत २० गते एक्लै भएको मौका छोपी बलात्कार गरेको र पुनः चैत २३ गते उनै बालिकालाई बलात्कार गर्ने प्रयास गरेको उजुरी परेपछि आकाशलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर कविन्द्र कार्कीले बताए । आकाशलाई काबाहीको माग गर्दै पीडित बालिकाका अभिभावकले चैत २४ गते जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएका थिए । गिरफ्तारपछि पीडित बालिका र आरोपित दुवैको जिल्ला अस्पताल इलाममा स्वास्थ्य परीक्षण गरिएको इन्स्पेक्टर कार्कीको भनाइ छ । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis