Incident Reports

कञ्चनपुरमा अज्ञात समूहद्वारा श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

2020-07-31

Sudurpashchim, Kanchanpur, Belauri, Ward 7

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए ।

उनले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताए । “गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ ।” प्रवक्ता थापाले भने, “घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ ।”

उनले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ । “सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ ।” थापाले भने ।

-----------------------------------

कञ्चनपुरमा बोक्सीको आरोपमा श्रीमान् श्रीमतीको हत्या भएको छ । गत शुक्रबार राति कञ्चनपुरको बेलौरीमा ६२ वर्षीय घनश्याम खाती र उनकी श्रीमती वालादेवीमाथि आक्रमण भएको थियो । वालादेवीको सोही राति ज्यान गएको थियो भने घाइते उनका श्रीमानको उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले सुरुमा उनका छोरालाई नियन्त्रणमा लिएको थियो । तर अनुसन्धान गर्दै जाँदा छोराको संग्लनता नदेखिएपछि कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासीनी आफैँ अनुसन्धानमा सक्रिय भएका थिए ।

अनुसन्धानकै क्रममा मृतकका छिमेकी प्रकाश ऐरले ४ लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको खुलेको छ । एक प्रहरी उच्च अधिकारीले बाह्रखरीसँग भने,“छिमेकी प्रकाश र मृतकका परिवारबीच लामो समयदेखि विवाद रहेछ । प्रकाशले उनीहरुमा बोक्सी छ भन्दै एक तन्त्रमन्त्र गर्ने व्यक्तिलाई चारलाख रुपैयाँ दिएर हत्या गर्न लगाएका रहेछन् ।”

प्रहरीले हत्यामा संग्लन आरोपमा प्रकाशसहित ४ जनालाई पक्राउ गरेको छ । जसमध्ये कञ्चनपुरकै वाणीमा बस्दै आएका थारु समुदायका एक व्यक्तिसमेत छन् । उनले आफू तान्त्रिक व्यक्ति भएको बताएका छन् । उनैले ४ लाख लिएर राति घरमा गएर खाती दम्पतिमाथि आक्रमण गरेको खुलेको छ । हत्या गर्ने व्यक्तिले आफूले वाँण हानेरै खाती दम्पतीको हत्या गर्ने प्रकाशसँग बताएको बयानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहार गरेर दम्पतीको हत्या गरेको अनुसन्धानमा खुलेको छ । खाती दम्पतीले आफ्नो परिवारलाई तनाव दिएको भन्दै उनले ४ लाख दिएर हत्या योजना बुनेको खुलेको छ । कञ्चनपुर प्रहरीले आज दिउँसो घटनाबारे पत्रकार सम्मेलन गर्दैैछ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Secondary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Injured 1
National/Online Media

0 Comments