Incident Reports

छोरीको हत्या प्रयास गरेको आरोपमा ज्वाइँ विरुद्ध मुद्दा l

2014-04-09

Bipin Gautam गम्हरीया विर्ता गाविस-६ की २५ वर्षीया बबिताकुमारी यादवलाई उनका पति २८ वर्षीय कृष्णनन्दन प्रसाद यादवले विष खुवाई मार्ने प्रयास गरी घरेलु हिंसा गरेको आरोपमा पीडितका बाबु पनिलालप्रसाद यादवले प्रहरीको महि्ला तथा बालबालिका सेवा केन्द्रमा चैत २६ गते उजुरी दर्ता गराएका छन् । घरायसी विवादको निहुँमा ज्वाइँ कृष्णनन्दनप्रसाद यादवले चैत १९ गते खानामा विाषादी औषधी हालेर दिएको कारण छोरीलाई ओषधोपचार गराएपश्चात उजुरी दिन आएको उनले बताए । पीडितको उजुरी सरकारी मुद्दा सम्बन्धी ऐन अर्न्तगत दर्ता हुने भए पनि पीडितले एकपटकको लागि छलफल गर्ने भनी महिला तथा बालबालिका सेवा केन्द्रमा निवेदन दिएकाले छलफलको लागि घरेलु हिंसा ऐन अर्न्तगत उजुरी दर्ता गरी आरोपित र पीडितलाई चैत २८ गते उपस्थित हुन पत्र पठाइएको सेवा केन्द्रका इन्चार्ज सई गीता रानाभाटले बताइन् । बिपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis