Incident Reports

कथित बोक्सीकाे आरोपमा दुर्व्यवहार, घटनाका आरोपित गिरफ्तार

2020-08-02

Gandaki, Lamjung, Marsyangdi, Ward 8


मर्स्याङ्दी गाउँपालिका–८ की २७ वर्षीया विष्णुमाया तामाङलाई कथित बोक्सी भनेर दुर्व्यवहार गरेकाे आरोपमा चार जनालाई  साउन १८ गते जिल्ला प्रहरी कार्यालय लमजुङले गिरफ्तार गरेको  छ ।

पीडितले २८ वर्षीया जेठानी आशकुमारी तामाङलाई बोक्सी लगाएर बिरामी बनाइदिएको र धामी झाँक्री लगाएर आफन्तले नै कथित बोक्सी हाे भनी साउन १७ गते आरोप लगाएपछि पीडितले स्याङ्जा भिरकोट–९ का झाँक्री रामप्रसाद गुरूङ, पीडितका ससुरा ६५ वर्षीय गोरेबहादुर तामाङ, सासु ६२ वर्षीया कौरीमायाँ तामाङ लगायत चार जनाविरूद्ध साेहि दिन जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिनुभएकाे थियाे ।

पीडितको उजुरपछि आरोपितहरूलाई ०७७ साउन १८ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलयका डीएसपी गंगाबहादुर थापाले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।

आरोपितहरूलाई प्रहरी हिरासतमा राखेर घटनाको अनुसान्धान भइरहेको डिएसपी थापाले बताउनुभयो ।

दलबहादुर मजाकोटी  

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments