Incident Reports

आमालाई कुटपिट गरेको आरोपमा छोरा गिरफतार l

2014-04-07

Madhes, Siraha, Golbazar

Durga Pariyar आमालाई कुटपिट गरेको आरोपमा चन्द्रअयोध्यापुर गाविस- १ का १८ वर्षीय मनोज मल्लिकलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले चैत २४ गते गिरफ्तार गरेको छ । पीडित ४० वर्षीया हरिहरदेवी मल्लिकलाई चैत २४ गते मनोजले घरायसी विवादका कारणमा लाठीले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत २४ गते उजुरी दिएकी थिइन् । कुटपिटबाट उनको हातमा नीलडाम भएको पीडितले बताइन् । उनको स्थानीय अस्पतालमा साधारण उपचार भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर नरेशराज सुवेदीले पीडितको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी कानुनी प्रकृया अगाडि बढाएको बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis