Incident Reports

बहुविवाहका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-04-09

Gandaki, Kaski, Rupa

San Bahadur Thapa स्याङजा जिल्ला वालिङ नपा-१ घर भई लामाचौर गाविस-४ बस्ने २९ वर्षीय सूर्यबहादुर गहतराज र उनकी कान्छी पत्नी २९ वर्षीया शोभा गहतराजलाई बहुविवाह गरेको आरोपमा जिल्ला अदालतको चैत २७ गतेको आदेशबमोजिम पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश रामप्रसाद ओलीको चैत २७ गते बसेको एकल इजलाशले आरोपित दुवैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । आरोपित गहतराजले सोही ठाउँका २९ वर्षीया शोभा गहतराजसँग फागुन २० गते बहुविवाह गरेको भन्दै २५ वर्षीया जेठी पत्नी अनीता गहतराजले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा फागुन २९ गते उजुरी दर्ता गरेकी थिइन् । उनीहरुरू दुवैलाई जिल्ला प्रहरी कार्यालयले फागुन ३० गते गिरफ्तार गरी बहुविवाह अर्न्तर्गत मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएकोमा जिल्ला अदालतको आदेशमा आरोपितद्वयलाई चैत २७ गते पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका इन्स्पेक्टर नरहरि अधिकारीले बताए । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis