Incident Reports

विप्लव समूहका जुम्ला जिल्ला सेक्रेटरीसहित तीनजना पक्राउ

2020-08-08

Karnali, Jumla, Tila, Ward 7

सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव समूहका जिल्ला सेक्रेटरीसहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ । जुम्लाको तिला गाउँपालिका– ७ घोडेगाउँबाट उनीहरू शनिबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जुम्ला जिल्ला सेक्रेटरी रहेका मुगु सोरु गाउँपालिका– ६ का ३७ वर्षीय राजबहादुर भाम, जुम्ला हिमा गाउँपालिका– ७ धाचुका २९ वर्षीय नन्द तिरुवा र हिमा गाउँपालिकाकी १६ वर्षीया सपना बुढा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बाँस्तोलाले बताए । प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरूबाट चन्दा उठाउने रसिद, विप्लवको सदस्यता रसिद, किताबलगायत बरामत भएको छ । स्थानीय जनप्रतिनिधिहरू तथा ठेकेदारलाई धम्क्याउँदै चन्दा माग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments