Incident Reports

अनेरास्ववियुका केन्द्रिय सदस्य सरोज ध्वज भण्डारीमाथि सांघातिक आक्रमण

2020-08-09

Bagmati, Chitawan, Ratnanagar, Ward 3

चितवन : अनेरास्ववियूका केन्द्रिय सदस्य तथा “क्लीन चितवन , ग्रीन चितवन , बेटर चितवन ”का संयोजक सरोज ध्वज भण्डारीमाथि सांघातिक आक्रमण भएको छ । आइतबार राती ७ : ४५ बजेको समयमा रत्ननगर नगरपालिका वडा नम्बर ३ शान्तिचोकमा खुकुरी र रड सहित आएको ६/७ जनाको अज्ञात समूहले ज्यान मार्ने उदेश्य सहित आक्रमण गरेका हुन् । प्रतिरोध गर्दै भागेर उनले ज्यान बचाएका हुन् । रडले उनको शरिरमा चोट समेत लागेको छ ।

अहिले आक्रमण गर्ने समूहको खोजी कार्य भइरहेको उनले बताए ।

“क्लीन चितवन , ग्रीन चितवन , बेटर चितवन ” अभियानलाई असफल बनाउने उदेश्यले आफुमाथि आक्रमण गरेको हुन सक्ने आंशका उनले गरेका छन् ।

“क्लीन चितवन , ग्रीन चितवन , बेटर चितवन ” अभियानसंगै चर्चामा आएका भण्डारीले राष्ट्रियताको पक्षमा वकालत गर्दै आएका छन् । पछिल्लो समयमा उनले एमसीसीको चर्को विरोध गर्दै आएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments